गौशालामा हतियार प्रहार घटनामा एक जना पक्राउ
काठमाडाैं | असोज १६, २०८०
काठमाडौंको गौशालामा धारिलो हतियार प्रहार गरेको घटनामा एक जना पक्राउ परेका छन्।
सोमबार बिहान पौने १२ बजे काठमाडौं महानगरपालिका-९ बागमती करिडोरको तिलगंगामा बारा कलैया उपमहानगरपालिका(२१ घर भई कोटेश्वर बस्ने ३८ वर्षीय साविर हुसेनमाथि धारिलो हतियार प्रहार भएको थियो।
उनीमाथि हतियार प्रहार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा सिकिल देव सहनी छन्।
घटनास्थलबाट प्रहरीले एउटा कटुवा पेस्तोल र चक्कु बरामद गरेको थियो। हुसेनमाथि चक्कु प्रहार गरी सहनी फरार भएका थिए। सहनीसँगै अर्का व्यक्ति पनि घटनामा संलग्न भएको प्रहरीको आशंका छ। तर ती व्यक्ति पक्राउ परिसकेका छैनन्।
सुरूमा हुसेनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो। थप उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। उनी अहिले खतरामुक्त भएको एसपी ढुंगेलले बताए।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

